Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपाको सचिवालय बैठक अपराह्न ३ बजे बस्दै

    नेकपाको सचिवालय बैठक अपराह्न ३ बजे बस्दै


    • शनिवार, श्रावण ३ २०७७

    • नेपाल वाइड


    नेकपाको सचिवालय बैठक अपराह्न ३ बजे बस्दै

                                                    फायल फाेटाे

          नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद फेरि सचिवालय बैठकमै पुगेको छ । विवादका बीच जारी स्थायी कमिटी बैठक पटक–पटकको स्थगनमा परेपछि विवाद फेरि सचिवालय बैठकमै फर्किएको हो ।

           केपी ओलीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये कम्तीमा एउटा पद छाड्नै पर्ने प्रचण्ड माधव समूहको अडान र दुबै पद नछाड्ने ओलीको अडानले फुटको संघारमा पुगेको नेकपाभित्र गतिरोध बल्झिदै गएको छ ।

           गतिरोध अन्त्यको प्रयास स्वरूप आज अपराह्न ३ बजे बालुवाटारमा सचिवालय बैठक डाकिएको छ । गत असार १७ गते सुरू भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

            विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर, ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि असार १० गते स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

         शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

    सम्बन्धित समाचार