Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ

    गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ


    • शुक्रवार, श्रावण २ २०७७

    • नेपाल वाइड


    गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ

                 मोरङको केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीमाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन । खुकुरी प्रहार गर्ने केराबारी–१० का ३२ वर्षीय भवन ठकुरी पक्राउ परेका हुन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग–अलग टोली परिचालन गरि ठकुरीलाई पक्राउ गरिएको हो ।

               पटके करको विषयलाई लिएर विवाद हुँदा अध्यक्ष कार्कीमाथि शुक्रबार विहान पौने १२ बजेतिर खुकुरी प्रहार भएको थियो । ठकुरीले गाउँपालिकाकाे कार्यालयका सुरक्षा गार्डको खुकुरी खोसेर कार्कीमाथि प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

               केराबारी–१० स्थित गाउँपालिकाको कार्यालयमा आइपुग्नसाथ चक्कुले हानेका ठकुरीले त्यस लगत्तै सुरक्षा गार्डको खुकुरी खोसेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट कार्कीको टाउकोमा दुई ठाउँ तथा हात र पेटमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो ।

             घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्तपाल विराटनगर पुर्‍याएको छ । पालिका अध्यक्ष कार्कीको स्वास्थ्य अबश्था खतरामुक्त रहेको बताईएको छ । 

    घटनामा संलग्न ठकुरीले २०७६/०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार