Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ओली-प्रचण्ड-नेपालबीचको छलफल निष्कर्षविहीन

    ओली-प्रचण्ड-नेपालबीचको छलफल निष्कर्षविहीन


    • बिहिवार, श्रावण १ २०७७

    • नेपाल वाइड


    ओली-प्रचण्ड-नेपालबीचको छलफल निष्कर्षविहीन

            सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुं‌गिएको छ ।           

            साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको छैन ।’         

          यसअघि ओली र प्रचण्डले एक्लाएक्लै छलफल गर्दै आएका थिए। अध्यक्षद्वयले बुधवार पनि साढे दुई घण्टा छलफल गरेका थिए । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला केही दिन एक्लाएक्लै छलफल गरेका ओली(प्रचण्ड ठोस निष्कर्षमा पुग्न सकेका छैनन् ।

    यसअघि अध्यक्षद्वयले आफ्ना केही सहयोगी नेताहरुलाई छलफलमा सहभागी गराए पनि वरिष्ठ नेताहरुले भने प्रवेश गरेका थिएनन् ।       

          प्रचण्डले नेपाललाई पनि बैठकमा राख्न माग गरेपछि बिहीबार उनलाई बोलाइएको हो । बिहीबार बिहानमात्रै प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल सहभागी थिए ।       

            खुमलटारको बैठकमा अध्यक्ष ओलीलाई दबाव दिँदै स्थायी कमिटी बैठक चलाउने समझदारी भएको थियो । स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । त्यसपछि नेकपाको विवाद झनै बल्झिएको थियो । प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा कायम छन् ।

    सम्बन्धित समाचार