Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘शहीदमाथि नै अन्याय भो’

    जनयुद्धमा हत्या गरिएका माओवादी नेताको स्मृतिमा बृक्षारोपण

    जनयुद्धमा हत्या गरिएका माओवादी नेताको स्मृतिमा बृक्षारोपण


    • बिहिवार, श्रावण १ २०७७

    • नेपाल वाइड


    जनयुद्धमा हत्या गरिएका माओवादी नेताको स्मृतिमा बृक्षारोपण

    शहीद पार्कमा बृक्षारोपण गर्दै नेकपा जिल्ला सचिव रामप्रसाद दंगाललगायत ।

             जनयुद्धकाक्रममा खोटाङमा साहदत प्राप्त गरेका तत्कालिन नेकपा माओबादीका नेता दिलकाजी कार्की र ईन्दिरा कार्कीको सम्झनामा बृक्षारोपण गरिएको छ । २०५९ साल असार ३१ गते राज्यपक्षबाट हत्या गरिएका दिलकाजी–ईन्दिराको सम्झनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित निर्माणाधिन शहीदपार्कमा बृक्षारोपण गरिएको हो ।

             दिलकाजी–ईन्दिराको १८ औं स्मृति दिवसको अवशरमा बुधबार शहीद पार्कमा धुपीको बिरुवा रोपिएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यालय सदस्य जीवन राई ‘संगीन’ले बताउनुभयो ।

           जनयुद्धको तत्कालिन समयमा जिल्लामा अभिभावकको भूमीकामा रहेका दिलकाजी र उनकै श्रीमती ईन्दिराको स्मृतिमा नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, नेकपाका नेता दिपक पाण्डे, सुरेन्द्रकुमार राई, होमकाजी आचार्य, बिसन राई, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन खोटाङका अध्यक्ष ध्रुबकुमार कार्की लगायतले बृक्षारोपण गरेका हुन् ।

          तत्कालिन नेकपा माओबादीका जिल्ला सेक्रेटरी रहेका दिलकाजी र अनेमसंघ क्रान्तीकारीका जिल्ला सदस्य रहेकी ईन्दिरालाई सेनाले खोटेहाङ गाउँपालिकाको सिमपानीबाट नियन्त्रणमा लिएर टुवा खोलामा झारेर हत्या गरेका थिए । कार्की दम्पत्ती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा निवासी हुन् ।

              यसैबीच, संविधानसभा सदस्य एबं दिलकाजीकी बहिनी समिता कार्कीले जनयुद्धमा बलिदान दिएका शहीदको सपना पुरा हुन नसकेको बताएकी छन् । सामाजिक सञ्जालमा दाई (दिलकाजी) र भाउजु (ईन्दिरा)लाई सम्बोधन गर्दै अस्मिताले नेपालमा व्यवस्था परिवर्तन भए पनि नेतृत्वको बिचारमा परिवर्तन आउन नसकेको उल्लेख गरेकी छन् ।

    ‘जनयुद्धमा अग्रपंक्तीमा रहेर भूमीका निर्वाह गर्दागर्दै शाहीसेनाको कठोर यातनापछि सहादत प्राप्त गर्नुभयो । हजुरहरुको बलिदानले संघर्षमा झनै उर्जा थप्यो । हजुरहरुको विचारलाई सार्थक बनाउँदै आन्दोलनले निरन्तरता पायो, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो । सबै विभेदको अन्त्या भयो,’ समिताले लेखेकी छन्, ‘तर फरक यत्ती भयो, परिवर्तनको नेतृत्व हजुरहरुले भनेजस्तै परिवर्तनशिल बिचारले पाएन । यतीबेला हजुरहरुलाई शान्ति पक्कै मिलेको छैन । हजुरहरुले न्याय पाएजस्तो लाग्दैन । हजुरहरुको न्यायको लागि हामी बाँच्नेहरु सँधै प्रतिवद्ध छौँ ।

    सम्बन्धित समाचार