Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका ९ कोरोना संक्रमित निको भएर घर फर्किए

    खोटाङका ९ कोरोना संक्रमित निको भएर घर फर्किए


    • मंगलवार, आषाढ ३० २०७७

    • नेपाल वाइड


    खोटाङका ९ कोरोना संक्रमित निको भएर घर फर्किए
    फायल तस्बिर

                 कोरोना भाईरस कोभिड–१९ बाट संक्रमित खोटाङका नौ जना निको भएका छन । कोभिड–१९ बाट संक्रमित ११ जनामध्ये नौ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् ।

              हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जना र ऐसेलुखर्क गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताउनुभयो ।

             हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई जना मात्र उपचाररत रहेका छन् । खोटाङमा ६ सय १९ जनाको पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

             जिल्ल प्रशासन कार्यालय खोटाङका अनुशार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २३१, हलेसी तुवाचुङ नगरपालिकाका १९० जना, ऐसेलुखर्क गाउँपालिकाका ५० जना, खोटेहाङ गाउँपालिकाका ४९ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३२ जना, साकेला गाउँपालिकाका २४ जना, जन्तेढुंगा गाउँपालिकाका २२ जना, रावाबेँसी गाउँपालिकाका १२ जना, बराहपोखरी गाउँपालिकाका ७ जना र केपीलासगढी गाउँपालिकाका २ जनाको पिसिआर परिक्षण गरिएको छ ।

    जिल्लामा हालसम्म एक हजार ६०८ जनाको आरडिटि टेष्ट गर्दा ३० जनाको पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ ।

    सम्बन्धित समाचार