Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ओली–प्रचण्डबीच छलफललाई निरन्तरता दिने समझदारी

    ओली–प्रचण्डबीच छलफललाई निरन्तरता दिने समझदारी


    • मंगलवार, आषाढ ३० २०७७

    • नेपाल वाइड


    ओली–प्रचण्डबीच छलफललाई निरन्तरता दिने समझदारी

              प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । ६ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा छलफलबाटै निकास दिने कुरामा समझदारी बनेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन ।

            दुई अध्यक्षबीच असार २४ यता भेटवार्ता भएको थिएन । आजको भेटवार्तामा दुवै अध्यक्षले छलफललाई निरन्तरता दिने र भोलि पनि छलफल गर्ने सहमती गरेका छन । असार १४ को अभिव्यक्तिपछि नेकपा विवाद विभाजनको जोखिमबाट गुज्रिइरहेको छ । दुई अध्यक्षबीचको संवादले फुटको जोखिम टारेको भए पनि विवाद भने समाधान भैसकेको छैन ।

              प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामाको विषयले मुख्य स्थान लिएपछि नेकपा स्थायी कमिटी अवरूद्ध भएको छ । साउन २ गतेसम्म स्थगित छ ।

    सम्बन्धित समाचार