Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मेलम्ची खानेपानी आयोजनाको सुरुङमा इन्जिनियरसहित २ बेपत्ता

    मेलम्ची खानेपानी आयोजनाको सुरुङमा इन्जिनियरसहित २ बेपत्ता


    • मंगलवार, आषाढ ३० २०७७

    • नेपाल वाइड


    मेलम्ची खानेपानी आयोजनाको सुरुङमा इन्जिनियरसहित २ बेपत्ता

        मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् । 

            बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो ।

    परीक्षण गर्न अहिले सुरुङमा पानी हालिएको छ । पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए । उनीहरुमध्ये दुई जना सम्पर्कमा आए भने दुई जना अझै बेपत्ता छन् । जीवितै उद्धार गरिएका दुई जनाको उपचार गर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार