Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चिनका प्रधानमन्त्री लीद्वारा सुधार कार्यक्रमको घोषणा

    चिनका प्रधानमन्त्री लीद्वारा सुधार कार्यक्रमको घोषणा


    • सोमवार, आषाढ २९ २०७७

    • नेपाल वाइड


    चिनका प्रधानमन्त्री लीद्वारा सुधार कार्यक्रमको घोषणा

                 चीनका प्रधानमन्त्री ली खछ्याङले सुधारका कार्यक्रमलाई अगाडि बढाएर महामारीपछिको अर्थतन्त्रलाई स्थिर राख्न आवश्यक नीतिहरूको तर्जुमा गर्दै चीन अघि बढ्ने बताएका छन् ।

               चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत रहेका प्रधानमन्त्री लीले चीनमा कोभिड–१९ महामारीपछिको अवस्थाको विश्लेषण गर्न भेला भएका उद्यमी तथा अर्थशास्त्रीहरूलाई सम्बोधन गर्दै सोमबार उक्त कुरा बताएका हुन् ।

              उनले सन् २०२० मा विश्व अर्थतन्त्रसँगै चिनियाँ अर्थतन्त्रले पनि असामान्य अवस्थाको सामना गर्नुपरेको तर यसको व्यवस्थापनमा चीन जुटि सकेकोले पूर्ववत् अवस्थामा आर्थिक गतिविधिहरू सञ्चालनमा आइसकेको पनि उनको दावी रहेको थियो ।

             चीनले महामारीका समय प्रभावित मध्यम तथा साना उद्योगहरूलाई सहयोग गर्ने सरकारले नीति बनाएको र सोही अनुरूप आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ ।

             सरकारले कर र शुल्कमा कटौती र समावेशी वित्तजस्ता कार्यक्रमले व्यापारलाई चलायमान बनाउन सफल भएको र रोजगारीको अवस्थालाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री लीले बताएका छन । एजेन्सी

    सम्बन्धित समाचार