Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दुधकोसी जलबिद्युत आयोजनाका लागि समन्वय गर्ने

    हलेसी गुरुयोजना कार्यान्वयनलाई प्राथमिकतामा राख्दै खोटाङ जिल्लाको चौथो जिल्लासभा सम्पन्न

    हलेसी गुरुयोजना कार्यान्वयनलाई प्राथमिकतामा राख्दै खोटाङ जिल्लाको चौथो जिल्लासभा सम्पन्न


    • सोमवार, आषाढ २९ २०७७

    • नेपाल वाइड


    हलेसी गुरुयोजना कार्यान्वयनलाई प्राथमिकतामा राख्दै खोटाङ जिल्लाको चौथो जिल्लासभा सम्पन्न

                  जिल्ला समन्वय समिति खोटाङले त्रि–धार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । सोमबार  जिल्ला समन्वय समितिको सभाहलमा आयोजित चौथोे जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयनका लागि आवश्यक समन्वय गर्नेगरी वार्षिक कार्यक्रम तय गरेको छ । 

                  जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीको बृहत्तर विकासका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माण गरिसकेको अवस्थामा त्यसको कार्यान्वयनका लागि गरेको प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो ।

             दैनिक पर्यटक/दर्शनार्थीको भीड लाग्ने हलेसीको व्यवस्थापन गर्न सके हलेसीलाई आर्थिक केन्द्रकारुपमा बिकास गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै जिल्लासभाले गुरुयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको हो । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीको व्यवस्थित र दिगो बिकास गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको पहलमा २०७५ साल जेठदेखि गुरुयोजना सम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो ।

               जिसस प्रमुख चाम्लिङले धार्मिक तथा पर्यटकीयस्थल हलेसीको पर्यटन प्रवद्र्धनका लागि विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहल गर्न सबैलाई आग्रह गरेका छन् ।

             यसैबीच जिल्लासभाले खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई पूर्णता दिन सहयोग गर्ने भएको छ । जिल्लासभाले ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई सम्पन्न गर्नका लागि आवश्यक समन्वय गर्नेगरी वार्षिक कार्यक्रम ल्याएको हो ।

            खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाले जिल्लाको संवृद्धिमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने भएकाले यसको सफलताकालागि सहयोग गरिने जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताउनुभयाे ।

             लामीडाँडाको रँभुवाबजारमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

             जिल्लासभाले साविकको सदरमुकाम दिक्तेलबाट स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्न सम्वन्धित निकाय समक्ष समन्वय गर्ने, खोलानालामा मोटरेबल पुल बनाउन पहल गर्ने, प्रत्येक स्थानीय तहमा कलेज स्थापना गर्न र दिक्तल बहुमुखी क्याम्पसको स्तरोन्नतीमा पहल गर्ने, हरेक स्वास्थ्यचौकीको स्तरोन्नती गर्ने, हरेक स्थानीय तहमा मेडिकल डाक्टर सहितको अस्पताल स्थापनाका लागि पहल गर्ने, जिल्ला अस्पतालमै कोभिड–१९ को पिसिआर परिक्षण उपकरण जडान गर्ने र पिसिआरका लागि अन्यत्र स्वाव पठाउनुपर्ने बाध्यता अन्त्या गर्ने प्रस्ताव पारित गरेको छ ।

           यस्तै, हलेसी, तुवाचुङ जायजुम, बराहताल, सोनापाताल, जन्तेढुंगा, धिप्लुङ झरना, टेम्केडाँडा, मझुवागढी, भुलभुले दुधकुण्ड, रुपाकोट, चिलिमढुंगा, ढालतरवारडाँडा, केपीलासगढी लगायतका पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनका लागि पहल गर्ने, फेदी, पाथेका र निर्मलीडाँडाको माथिल्लो क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डा संरक्षण गर्ने, जिल्ला समन्वय समितिको हाताभित्र खोटाङ स्तम्भ निर्माण गर्ने लगायतका प्रस्ताव पारित गरिएको छ ।
     

           कार्यक्रममा जिसस प्रमुख चाम्लिङले वर्षदिन भित्र सञ्चालन गरेका काम तथा आय–व्यायका बारेमा जानकारी गराएका छन् । चाम्लिङले आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय सरकारबाट प्राप्त भएको १ करोड ३८ लाख २० हजार रकम विनियोजन गरिएको बताए । जिल्लासभा प्रदेशसभा सांसद रामकुमार राईले प्रमुख आतिथिकारुपमा उद्घाटन गरेका थिए ।

           कार्यक्रममा प्रदेशसभा सांसद राईले संघ, प्रदेश र स्थानीय सरकारले पर्यवरण संरक्षणलाई ध्यान नदिइ सडक खन्ने काममा मात्र बजेट खन्याएको उल्लेख गरे । कार्यक्रममा दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायतको उपस्थितिमा खोटाङको चौथो जिल्ला सभा सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार