Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सतर्कता अपनाउन आह्वान

    नेपालमा दोस्रो पटक सलहको समूह प्रवेश

    नेपालमा दोस्रो पटक सलहको समूह प्रवेश


    • आइतवार, आषाढ २८ २०७७

    • नेपाल वाइड


    नेपालमा दोस्रो पटक सलहको समूह प्रवेश

             नेपालमा दोस्रो पटक सलहको समूह प्रवेश गरेको छ । पन्ध्र दिन पहिले पनि नेपालमा सलहका स–साना बगालहरू भित्रिएका थिए । अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको बगाल नेपाल प्रवेश गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक सुनिल अर्यालले बताउनुभयो ।

             ‘अहिलेको समूह पहिलेको भन्दा ठूलो हो कि सानो हो भन्ने स्पष्ट भइसकेको छैन, तर शनिवार बिहानै भारतबाट नेपालमा प्रवेश गरेको पुष्टि भइसकेको छ, ‘वहाँले भने प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले शनिवार सूचना जारी गर्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।

              केन्द्रका अनुसार शनिवार बिहान ९ः३० बजेतिर भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलह मध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट नेपाल प्रवेश गरेको हो । उक्त समूह दिउँसो १ बजेतिर दाङकै राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा पनि देखा परेको वीवीसीले उल्लेख गरेको छ ।

              सूचनामा भनिएको छ, ‘उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोधहरू सिर्जना गरी बस्न नदिएपछि उत्तरपूर्व तर्फ लागेको सूचना प्राप्त भएको छ ।’ ‘उक्त सलहले प्युठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।

               ‘केन्द्रले योबाहेक अन्य समूहहरू पनि आउन सक्ने सम्भावना रहेको जनाएको छ । नेपालमा अहिले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्यपहाडी क्षेत्रमा सतर्कता अपनाउनुपर्ने केन्द्रको भनाइ छ । केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार वायुको गति मङ्गलवारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ ।

              वहाँले भने, ‘अहिलेकै हावाको मोड रहेका भोलि र पर्सिमा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तर प्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको छ ।’ वहाँले भारतको राजस्थानतर्फबाट पनि अर्को ठूलो समूह आउँदै गरेकाले त्यसको खतरा पनि रहेको जानकारी दिनुभएको छ ।

    केन्द्रका महानिर्देशक प्रमुख सहदेवप्रसाद हुमागाईँले नयाँ समूहबाट हुने खतराबारे प्रदेश र स्थानीय सरकारहरूलाई जानकारी गराइ सकिएको बताउनुभयो ।

    सम्बन्धित समाचार