Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर

    सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर


    • आइतवार, आषाढ २८ २०७७

    • नेपाल वाइड


    सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर

             समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन्।

           समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको उनको जिकिर छ। पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भन्दै उनले रिट दायर गरेकी हुन्। समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।

         नेपाली भूमि लिम्पियाधुरा लगायतका अतिक्रमित क्षेत्र समेटेर सरकारले नयाँ नक्सा प्रकाशन गरेपछि उनले त्यसको विरोध गर्दै विवादित बनेकी थिइन् । 

    सम्बन्धित समाचार