शनिवार, आषाढ २७ २०७७
नेपाल वाइड
अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा चार जना डाक्टर पक्राउ परेका छन । चितवनको भरतपुर मेडिकल कलेजबाट अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् । यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं लैजाने तयारी गरेको छ । यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ । सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ । उक्त मुद्दामा उनीहरु संलग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी गरेको छ ।
ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेको जनाएको छ ।