शनिवार, आषाढ २७ २०७७
नेपाल वाइड
देशभर बाढी पहिरोले बितण्डा मच्याइरहेकाबेला खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सावधानी अपनाउन आग्रह गरेको छ । भारी वर्षाका कारण बाढी पहिरो र भू–क्षयजस्ता प्राकृतिक प्रकोप निम्तिने खतरा बढेको भन्दै गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै पालिकाबासीलाई सुरक्षित रहन सचेत गराएको हो ।
गाउँपालिकाले वर्षाका कारण आफ्ना गाउँटोल वा छरछिमेकमा बाढी पहिरो गए वा बाढी पहिरोको जोखिम देखिए तत्काल खबर गर्न आग्रह गरेको छ ।
प्राकृतिक जोखिमबाट बच्न र बचाउनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सात वडाध्यक्ष, कर्मचारी र प्रहरीचौकीको सम्पर्क नम्बर समेत उल्लेख गरेर सूचना जारी गरिएको छ । वर्षाका कारण हुने क्षतिलाई न्यूनिकरणका लागि सावधानी र सचेतना अपनाउन पालिकाबासीलाई सचेत गराइएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो ।