शुक्रवार, आषाढ २६ २०७७
नेपाल वाइड
खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ्गमा केन्द्रिय विद्युत विस्तारको काम सम्पन्न भएको छ । नेपाल सरकारको ६८ लाख, गाउँपालिकाको १५ लाख गरि जम्मा ८३ लाखको लागतमा विद्युत विस्तारको काम सम्पन्न भएको हो । केन्द्रिय विद्युत लाईनको गाँउपालिका अध्यक्ष शंकर राईले विहिबार उद्धघाटन गर्नुभएको छ ।
विद्युत विस्तार भएसँगै उक्त वडाका सिँगापुरे चौक, अल्लेगैरा, खानीगैरा, चापखोरा, नागी, दिप्लुङ्गका १ सय ५० घरधुरी लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गरागाईले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्ष २०७७/८८ मा गाउँपालिकाका सम्पुर्ण वडामा विद्युत विस्तारको काम सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताउनुभयो । २०७६ साल बैसाख १४ गते नै गाउँपालिका–५ स्थित चिसापानीबजार, खुटा, बितलभ, वाजिपाला, मालबासेमा केन्द्रीय विद्युत विस्तार गरि सकिएको छ ।