शुक्रवार, आषाढ २६ २०७७
नेपाल वाइड
आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्षेत्रीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुशार क्षेत्रीले विद्युत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङका क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी २०७६ जेठ २१ ग्ते पनि पक्राउ परेका थिए ।