Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मनसुन सक्रिय:सावधानी अपनाउन प्रशासनको आग्रह

    मनसुन सक्रिय:सावधानी अपनाउन प्रशासनको आग्रह


    • बिहिवार, आषाढ २५ २०७७

    • नेपाल वाइड


    मनसुन सक्रिय:सावधानी अपनाउन प्रशासनको आग्रह

                 मनसुन सुरु भएसँगै आइपर्ने प्राकृतिक विपत्तीबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ । बिहिबारदेखि सक्रिया भएको मनसुनका कारण नेपालका धेरैजसो ठाउँमा लगातार वर्षा हुनुका साथै तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षा समेत हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

                सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले जारी गरेको सूचनामा सक्रिया मनसुनका कारण हुने बाढी, पहिरो तथा डुवानबाट सावधानी अपनाउन भनिएको छ ।

    106620067_10214877441042968_7147609551442045497_o.jpg

              मनसुनका कारण तराईमा बाढी र डुवान हुने तथा पहाडमा भू–क्षय हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुवान समेत हुनसक्ने देखिएको भन्दै प्रशासनले जिल्लाका सबै निकाय, समुदाय र सर्वसाधारणलाई सावधानी अपनाई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गरेको हो ।

    सम्बन्धित समाचार