Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाम्राङमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु

    बाम्राङमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु


    • बिहिवार, आषाढ २५ २०७७

    • नेपाल वाइड


    बाम्राङमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु

                  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको छ । स्थानीय स्वर्गीय पदमध्वज राईको परिवारले खेलकुद विकास समिति बाम्राङलाई २५ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएपछि खेलमैदान निर्माण सुरु गरिएको हो ।

                 आर्थिक वर्ष २०७६/७७ मा वडा कार्यालयबाट ४ लाख ५० हजार बिनियोजन भएपछि बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको हो । खेलकुदको व्यवसायीक बिकासमा टेवा पु¥याउने लक्ष्यका साथ स्थानीयको सहकार्यमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको बाम्राङ युवा क्लबका अध्यक्ष किर्तमान राईले बताउनुभयो ।

                कोभिड–१९ का कारण शिलान्यास नगरी खेलमैदान निर्माणको काम थालिएको हो । साविकको सदरमुकामसँग जोडिएको बाम्राङमा खेलमैदानको आवश्यकता परेको तथा वडाबासीको मागलाई ध्यानमा राखेर खेलमैदान निर्माणको काम सुरु गरिएको वडाध्यक्ष ललितकुमार राईले बताउनुभयाे । पछिल्लो समय वडा–वडामा खेलमैदान निर्माण गर्ने हाड चलिरहेकाबेला बाम्राङमा पनि खेलमैदान निर्माणको काम सुरु गरिएको हो ।

              खेलमैदान निर्माणको काम सकिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि सहज हुने दाबी गरिएको छ । खेलमैदानका लागि पदमध्वजको स्मृतिमा श्रीमती कृष्णकुमारी, छोराहरु अयन, बैज, केजिन, शैलेन्द्र, ज्ञानिन राई लगायले जग्गा उपलव्ध गराएका हुन् ।

    सम्बन्धित समाचार