Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सुत्केरीलाई झुल

    दुई वर्षमुनिका शिशुलाई प्रोत्साहन भत्ता

    दुई वर्षमुनिका शिशुलाई प्रोत्साहन भत्ता


    • आइतवार, आषाढ २१ २०७७

    • नेपाल वाइड


    दुई वर्षमुनिका शिशुलाई प्रोत्साहन भत्ता

               खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिको बालबालिकालाई शिसु प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ । शिशु पोषण प्रवर्धन कार्यक्रम अन्तरगत गाउँपालिकाले आइतबारदेखि दुई वर्षमुनिको बालबालिकालाई गत साउनदेखि यो असारसम्मको एकमुष्ट प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो ।

              प्रोत्साहन भत्ता वितरणको तयारीकाक्रममा लकडाउन भएपछि आर्थिक वर्षको अन्तिममा मासिक एक हजारका दरले शिशु प्रोत्साहन भत्ता वितरण सुरु गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

            आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँका ७९ शिशुलाई मासिक एक हजारका दरले आर्थिक वर्ष २०७६/०७७ भित्रको प्रोत्साहन भत्ता वितरण गरिएको छ । क्रमशः अन्य ७ वटै वडाका शिशुलाई प्रोत्साहन भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

            नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलव्ध गराएको प्रमाणका आधारमा गाउँपालिकाले २०७५ साल बैसाख १३ गतेदेखि प्रतिबच्चा मासिक एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गर्दैआएको छ ।
             

             यसैबीच, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका महिलालाई झुल वितरण सुरु गरेको छ । गर्मी याम सुरु भएसँगै लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट सुत्केरी र नवजात शिशुलाई बचाउनका लागि झुल वितरण सुरु गरिएको हो । गाउँपालिकाका ७ वडाका ९८ सुत्केरीलाई झुल वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

     

    सम्बन्धित समाचार