शनिवार, आषाढ २० २०७७
नेपाल वाइड
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको बताउनुभएको छ । बालुवाटारमा शनिबार साँझ भएको मन्त्री र राज्यमन्त्रीहरूसँगको छलफलकाक्रममा प्रधानमन्त्रीले सरकारमा सहभागी केही मन्त्रीहरुबाटै षड्यन्त्र भएको बताएका हुन् ।
वहाँले मन्त्रिपरिषदकै केही सदस्यहरुले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताए पनि संलग्न को–को हुन् भन्नेबारे खुलाएनन । बरु उनले आ–आफ्नो लाइन् क्लिएर भएर आउन समेत निर्देशन दिनुभएको छ । बैठकमा सहभागी एक मन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मेरै मन्त्रिपरिषद्मा बसेर मेरैविरुद्ध षड्यन्त्र गर्ने ?’ ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले सत्यसँग लड्दिनँ, असत्यसँग झुक्दिनँ भनेका थिए ।
प्रधानमन्त्रीले पार्टी एकता संकट अवस्थामा पुगेको समेत बताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतलनिवासबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर ‘पार्टी एक नहरहने भो, कता लाग्ने हो कित्ता क्लियर गर्नू’ समेत भनेका थिए । ‘मेराविरूद्धमा षड्यन्त्र भइरहेका छ ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भइरहेको छ । म यो दुवै पद छाड्दिनँ । यस्तो अवस्थामा तपाईंहरू कता लाग्ने हो मैले सोध्नुपर्ने हुनसक्छ । त्यसका लागि तयार रहन्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने । स्थायी कमिटीको जारी बैठकमा आफ्नो राजीनामा मागिरहेको विषयलाई जोड्दै उनले त्यस्ता कुरालाई अस्वीकार गर्ने बताउनुभएको छ ।
उनले आफूले दुवै पदबाट राजीनामा नदिने प्रष्ट पारेका थिए । प्रधानमन्त्रीले राष्ट्रिय एकता पक्षमा एक हुन आह्वानसमेत गरेका थिए । यसैबीच पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि कसैले पनि राष्ट्रपतिलाई विवादमा नतान्त आग्रह गरेका छन ।