Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाबुआमाको स्मृतिमा विद्यालयमा गेट निर्माण

    बाबुआमाको स्मृतिमा विद्यालयमा गेट निर्माण


    • शनिवार, आषाढ २० २०७७

    • नेपाल वाइड


    बाबुआमाको स्मृतिमा विद्यालयमा गेट निर्माण

               खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य डिल्ली चाम्लिङले आफ्नो बाबुआमाको स्मृतिमा विद्यालयको गेट तथा रेलिङ सहितको सिँढी निर्माण गरिदिएका छन् ।

              स्वर्गीय बाबु इन्द्रसेर राई र आमा गउनसरी राईको स्मृतिमा वडा सदस्य चाम्लिङले महेन्द्रोद्धय माबि हलेसीको गेट तथा रेलिङ सहितको सिँढी निर्माण गरिदिएका हुन् । दुई लाख ३३ हजार ८०८ रुपैयाँमा निर्माण गरिएको गेट तथा रेलिङ सहितको सिँढी हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उद्घाटन गरेका हुन् ।

              उद्घाटन गरिएको संरचना वडा सदस्य चाम्लिङ र उनकी श्रीमती मौलासरी राईले विद्यालयलाई हस्तान्तरण गरेका छन् । गाउँको विद्यालयको शैक्षिक उन्नयनमा टेवा दिन र हौसला प्रदान गर्नका लागि बुबाआमाको सम्मानमा गेटमा संरचना निर्माण गरिदिएको वडा सदस्य चाम्लिङले बताउनुभयो ।

               गेट तथा रेलिङ सहितको सिँढी उद्घाटनकाक्रममा मेयर राईले स्थानीय सरकारले गर्नुपर्ने काम व्यक्तीले गरेको उल्लेख गर्दै सरकारलाई उर्जा मिलेको बताउनुभयो । उपमेयर बिमला राईले राई परिवारले गरेको सामाजिक कामको प्रचार–प्रसार ले समाजमा सकारात्मक मनोबिज्ञान बिकास गर्न मद्धत पुग्ने उल्लेख गरिन् । कार्यक्रममा महादेवस्थानका वडाध्यक्ष चईन्द्र राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवती केसी लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार