Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    समाविको क्वारेन्टीनमा बस्नेको संख्या २२ पुग्यो

    दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर तयारी अवश्थामा

    दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर तयारी अवश्थामा


    • शुक्रवार, आषाढ १९ २०७७

    • नेपाल वाइड


    दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर तयारी अवश्थामा

            स्वदेश तथा विदेशबाट खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षण अवधिसम्मका लागि राख्न ‘होल्डिङ’ सेन्टर बनाईएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माबिमा १० बेडको ‘होल्डिङ’ सेन्टर तयारी अवश्थामा राखिएको छ ।

    holding center at diktel (ready) photo_daman.jpg

            नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले आवश्यक सामग्री उपलव्ध गराएपछि गोरखनाथ गण मुढे व्यारेकका सेना र रेडक्रसका कर्मचारीले संयुक्तरुपमा ‘होल्डिङ’ सेन्टर तयार पारेका हुन् । जिल्ला बाहिरबाट भित्रिएका स्थानीयलाई सरासर घर पठाउँदा कोरोना संक्रमणको खतरा बढेकाले उनीहरुको पिसिआर परिक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्नका लागि ‘होल्डिङ’ सेन्टर बनाइएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

            निर्माण गरिएको ‘होल्डिङ’ सेन्टर रेडक्रसका सभापति कुमारसिं बस्नेतले शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति खोटाङकी उपप्रमुख गोमादेवी खत्रीलाई हस्तान्तरण गरेका छन् । क्वारेन्टीनकैरुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टरमा जयराम नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीयलाई मात्र राखिने छ ।

          पिसिआर परिक्षणकाक्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तीलाई घर पठाइने छ भने पोजिटिभ रिपोर्ट आएका स्थानीयलाई उपचारमा पठाइने छ । ‘दिक्तेल आएर घर पुग्ने स्थानीयले ठाउँ–ठाउँमा बास बस्दै गाउँ पुग्नुपर्ने हुन्छ । त्यसबीचमा अन्य व्यक्तीसँग संसर्ग हुनेहुँदा संक्रमणको जोखिम बढेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यस कारण अन्यत्रबाट दिक्तेल आइपुगेका व्यक्तीको स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाउने र त्यो रिपोर्ट नआएसम्मका लागि अलग्गै राख्ने व्यवस्थाका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरिएको हो ।’ ‘होल्डिङ’ सेन्टरमा बस्ने व्यक्तिको खानाको व्यवस्थापनका लागि खोटाङ उद्योग वाणिज्य संघले २० हजार सहयोग गर्ने रेडक्रसले जनाएको छ ।

           यता दिक्तेलको समाविको क्वारेन्टीनमा बस्नेको संख्या २२ पुगेको छ । आज स्वदेश तथा विदेशबाट फर्किएका थप ५ सहित २२ जना पुगेको नगर स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले जानकारी दिनुभयो । शाखा प्रमुख आचार्यका अनुशार जिल्ला अस्पतालको आईसोलेसनमा राखिएका एक जना कोरोना संक्रमितलाई थप उपचारमा पठाईएको छ ।

         विदेशबाट फर्किएका ३० वर्षिय कोरोना संक्रमित युवालाई थप उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको हो ।
    यस्तै शुक्रबारै ६७ जनाको स्वाव समेत नमुना परिक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पठाईएको छ । संक्रमतिका सम्पर्कमा आएका, उच्च जोखिममा होमक्वारेन्टाईनमा बसेका, फ्रण्टलाईनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, क्वारेन्टाईनमा बस्नेका लागि खाना पकाउने भान्सेलगायतको स्वाव संकलन गरि नमुना परिक्षणका लागि पठाईएको शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार