बिहिवार, आषाढ १८ २०७७
नेपाल वाइड
प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफका अभियन्ता ई.लाई अस्पताल पुगेर भेट गर्नुभएको छ । आमरण अनसनकाक्रममा स्वास्थ्य अवश्था विग्रिएपछि ह्याम्स अस्पताल भर्ना गरिएको इनफ इज इनफका अभियन्ता ई.लाई अस्पताल पुगेर प्रधानमन्त्रीले भेट गर्नुभएको हो ।
ई. लाई भेटेर प्रधानमन्त्री ओलीले सरकारले कोभिड नियन्त्रणमा पारदर्शी ढंगले काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अनसन गरिरहन नपर्ने गरी सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताउनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्रीओलीले अभियान्तहरुलाई अनसन तोड्न पनि आग्रह गर्नुभएको छ ।
स्वास्थ्य खराबी आएपछि अनसनरत ई. र पुकार बमलाई बिहिबार अस्पताल भर्ना गरिएको थियो । उनीहरुले सत–प्रतिशत पिसिआर परीक्षण, खर्चमा पारदर्शिता, क्वारेन्टिनलाई व्यवस्थित, विदेशमा अभरमा परेका नेपालीको उद्धार लगायतका माग राख्दै पाटनको कृष्णमन्दिर परिसरमा आमरण अनसन बसेका छन ।