Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बिहीबार कांग्रेस पार्टीको कार्यालय बन्द, झण्डा आधा झुकाइने

    बिहीबार कांग्रेस पार्टीको कार्यालय बन्द, झण्डा आधा झुकाइने


    • बुधवार, आषाढ १७ २०७७

    • नेपाल वाइड


    बिहीबार कांग्रेस पार्टीको कार्यालय बन्द, झण्डा आधा झुकाइने
    फायल तस्बिर

               नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार भएको पार्टी केन्द्रीय समितिको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालमा शोक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो । पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने बताएको छ ।

               बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएकामा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

            उनको निधनबाट पार्टीले एक निष्ठावान् एवं कुशल महिला नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै सभापति देउवाले पार्टी र आफ्नातर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।

          यसैबीच कांग्रेस संसदीय दलले प्रतिनिधिसभा सदस्य एवं पार्टीकी नेत्री ज्ञानकुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

    सम्बन्धित समाचार