Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    खोटाङ दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी

    खोटाङ दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी


    • बुधवार, आषाढ १७ २०७७

    • नेपाल वाइड


    खोटाङ दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी

               खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माबिमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो ।

               जिल्ला बाहिरबाट भित्रिएका स्थानीयलाई सरासर घर पठाउँदा कोरोना संक्रमणको खतरा बढेकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उनीहरुको पिसिआर परिक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्नका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरेको हो ।
                क्वारेन्टीनकैरुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टर निर्माणका लागि आवश्यक सामग्री नेपाल रेडक्रस सोसाईटीले उपलव्ध गराउने तथा नेपाली सेना र रेडक्रसकर्मीले ‘होल्डिङ’ सेन्टर गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

            ‘होल्डिङ’ सेन्टरमा जयराम नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीयलाई मात्र राखिने छ । पिसिआर परिक्षणकाक्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तीलाई घर पठाइने छ भने पोजिटिभ रिपोर्ट आएका स्थानीयलाई उपचारमा पठाइने छ । ‘होल्डिङ’ सेन्टर निर्माणका लागि पञ्च माबिका व्यवस्थापन समिति, प्रअ लगायतसँग समन्वय गरिसकिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । ‘दिक्तेल आएर घर पुग्ने स्थानीयले ठाउँ–ठाउँमा बास बस्दै गाउँ पुग्नुपर्ने हुन्छ ।

            त्यसबीचमा अन्य व्यक्तीसँग संसर्ग हुनेहुँदा संक्रमणको जोखिम बढेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यस कारण अन्यत्रबाट दिक्तेल आइपुगेका व्यक्तीको स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाउने र त्यो रिपोर्ट नआएसम्मका लागि अलग्गै राख्ने व्यवस्थाका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरिएको हो ।’

                             ३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
     

             यसैबीच, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएका ३३ जनामध्ये ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट २१ जना र हलेसी तुवाचुङ नगरपालिकाबाट १२ जनाको पिसिआर परिक्षणमा पठाइएकामा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको हो । त्यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    सम्बन्धित समाचार