बुधवार, आषाढ १७ २०७७
नेपाल वाइड
खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चार जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
कार्यालय निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब–इन्जिनियर वीरेन्द्र चन्द, सब–इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई दुई लाख ४१ हजार १६ रुपैयाँ सहित नियन्त्रणमा लिएको वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले जनाएको छ ।
निमित्त प्रमुख मल्ललाई कार्यालय परिसरबाट, सब–इन्जिनियर चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिइएको अख्तियारको कार्यालयले जनाएको छ । यस्तै सब–इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई अनुसन्धानका क्रममा मंगलबार नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ । उनीहरुले भगवतीमाई गाउँपालिका–३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ ।