Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हट्यो

    जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे मेशिन सञ्चालनमा

    जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे मेशिन सञ्चालनमा


    • बुधवार, आषाढ १७ २०७७

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे मेशिन सञ्चालनमा

           जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । बर्षौदेखी मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह भइरहेको अस्पतालमा मंगलबारदेखि डिजिटल एक्सरे मेशिन सञ्चालनमा ल्याइएको हो ।
     

           डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका निमित्त प्रमुख रबिनकुमार फुयलले बताउनुभयो । मेनुअल एक्सरे मेशिनबाट काम गरिरहँदा सेवाग्राहीले एक्सरे रिपोर्टका लागि आधा घण्टादेखी एक घण्टासम्म पर्खनुपर्ने बाध्यताको अन्त्य गर्दै छिटोछरितो ढंगले रिपोर्ट दिने लक्ष्यकासाथ राखेर डिजिटल एक्सरे मेशिन सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

           डिजिटल एक्सरे अर्थात कम्प्युटरराईज रेडियोग्राफी सञ्चालन भएपछि जुनसुकै प्रकारको एक्सरेलाई कम्प्युटरमा आवश्यकता अनुसार जुम गरेर हेर्न सकिने, मेनुअलबाट भन्दा धेरै गुणा राम्रो र छिटो एक्सरे रिपोर्ट आउने जिल्ला अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताउनुभयो ।

          सेवाग्राहीको हितलाई ध्यानमा राखेर अस्पतालमा १६ लाखमा कम्प्युटराईज रेडियोग्राफी सञ्चालनमा ल्याइएको हो । बस्नेतका अनुसार डिजिटल एक्सरेले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ । अस्पतालमा मेनुअल एक्सरे मेशिन हुँदा सेवाग्राहीको भीड लाग्ने गरेको थियो ।

           विभिन्न प्रविधिलाई अपग्रेड गर्दै अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो बनाउदै लगिने लक्ष्य अनुसार डिजिटल एक्सरे सुरु गरिएको निमित्त प्रमुख फुयलले बताए ।
    डिजिटल एक्सरे मेशिन सञ्चालन भएकै दिनमा दुई जनाले सेवा लिएका छन् ।

          घण्टौं एक्सरेको रिपोर्ट कुर्नुपर्ने बाध्यता हटेर पाँच मिनेटमा रिपोर्ट आउँदा सेवाग्राही उत्साहित देखिएका छन् । १५ शैयाको अस्पतलालाई ५० शैयाको बनाउनका लागि डिपिआर समेत भइसकेको निमित्त प्रमुख फुयलले बताउनुभयो ।

    digitel x rey khotang hospital.jpg

     

    सम्बन्धित समाचार