बुधवार, आषाढ १७ २०७७
नेपाल वाइड
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर परामर्शमा जुट्नभएको छ । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले विहान ७ बजे नै मन्त्रीहरुलाई बालुवाटर बोलाए परामर्शमा जुट्नुभएको हो । प्रधानमन्त्रीले स्थायी कमिटी बैठकमा भएको सरकारको आलोचनालगायत बिषयमा अनौपचारिक छलफल गर्न बोलाएको बताईएको छ । मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए । कसैले पनि सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री ओली एक्लैले सरकारको बचाउ गर्नु परेको थियो ।