मंगलवार, आषाढ १६ २०७७
नेपाल वाइड
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो प्रतिनिधिका रुपमा छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट संघ (क्यान)को सदस्यका लागि सिफारिस गरेको छ ।
मंगलबार राखेप सदस्य सचिव रमेश कुमार सिलवालले लामा र गिरी दुवै जनालाई सिफारिस पत्र पठाएका हुन् । योसँगै क्यानको कार्यसमितीले ९ महिनापछि पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्को कोटाबाट मनोनित हुने दुई जनाको नाम परिषद्ले पठाएपछि क्यानको कार्यसमितीले पूर्णता पाएको हो ।
छुम्बी लामालाई पूर्व सदस्यसचिव युवराज लामाको पालामा क्यानको अध्यक्ष बनेका टंक आङबुहाङले क्यानमा प्रवेश गराएका थिए ।