Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फर्ममै बंगुर मरेको अवस्थामा फेला

    फर्ममै बंगुर मरेको अवस्थामा फेला


    • मंगलवार, आषाढ १६ २०७७

    • नेपाल वाइड


    फर्ममै बंगुर मरेको अवस्थामा फेला
    मरेको बंगुर फाल्ने तयारी गर्दै किसान डम्बर भुजेल । तस्बिर: नेपाल वाईड

           खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका किसान डम्बर भुजेलको बंगुर फर्ममा पालिएका बंगुर मरेको अवस्थामा फेला परेका छन् । गत वर्ष स्थापना गरिएको रुपेन्द्र बंगुर र्फममा पालिएका चार वटा बंगुर मंगलबार बिहान मरेको अवस्थामा भेटिएको हो ।

          दुई वटा बंगुरलाई भने उपचार गरेर बचाइएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । फर्ममा हुर्कदै गरेको बंगुर मर्दा कम्तीमा ७० हजारको क्षती भएको अनुमान गरिएको छ ।
     

            प्रहरीलाई बोलाएर मुचुल्का तयार पारिए पनि हालसम्म बंगुर मर्नुको कारण खुल्न सकेको छैन । कसैले विषादि खुवाएका कारण बंगुर मरेको अनुमान गरिएको वडाध्यक्ष राईले बताए । ‘बिक्रीका लागि तयार भएको बंगुर मरेको छ,’ वडाध्यक्ष राईले भने, ‘विष हालिदिएका कारण बंगुर मरेको हुनसक्ने आशंका गरेका छौँ ।’ लाखौं लगानी गरेर हुर्काएको बंगुर मरेको बिहान ३ बजे थाहा भएको भुजेलको भनाई छ ।

    भुजेलको घर नजिकै रहेको आहालमा रहेको भ्यागुता समेत मरेर पानीमा तैरिरहेको अवस्थामा भेटिएको छ ।

    सम्बन्धित समाचार