Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दिक्तेलमा रुपाकोट मझुवागढी नगरपालिकाका चार जनामा कोरोना संक्रमण

    खोटाङमा फेरी एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ पुग्यो

    खोटाङमा फेरी एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ पुग्यो


    • सोमवार, आषाढ १५ २०७७

    • नेपाल वाइड


    खोटाङमा फेरी एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ पुग्यो

            खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना संक्रमित थपिएका छन् । आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको नगरपालिकामा सोमबार एक २५ वर्षीय महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो ।

          हप्ता दिनअघि भारतबाट आएर होम क्वारेन्टीनमा बसेकी दिक्तेलबजार रत्नपार्ककी महिलालाई कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो । यसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या चार पुगेको छ भने जिल्लाभर संक्रमितको संख्या ५ पुगेको छ ।

         रावाबेँसी गाउँपालिका स्थायी ठेगाना भए पनि दिक्तेलको रत्नपार्कमा बस्दैआएकी महिलालाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेलबजार क्षेत्रमा त्रास फैलिएको छ । घर सिल गरेर संक्रमित महिलालाई तत्काल जिल्ला अस्पतालमा बनाइएको आइसोलेसनमा लगेर राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईले बताईन् ।

         उनलाई उपचारमा पठाउने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी २५ वर्षीय महिलालाई सोमबार मात्र अस्पताल भर्ना गरिएको छ ।

        यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको छ । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परिक्षणको तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताउनुभयो ।

    सम्बन्धित समाचार