Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महिलालाई तीन महिने कम्यूटर तालिम

    महिलालाई तीन महिने कम्यूटर तालिम


    • आइतवार, आषाढ १४ २०७७

    • नेपाल वाइड


    महिलालाई तीन महिने कम्यूटर तालिम

              खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा महिलाका लागि कम्यूटर तालिम सुरु गरिएको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालयको आयोजनामा महिलालाई सहभागी गराएर तीन महिने आधारभुत कम्यूटर तालिम सुरु गरिएको हो ।

            अधिकांश महिला लक्ष्यीत कार्यक्रम सिलाई कटाई, बनाई जस्ता तालिममा केन्द्रित गर्ने गरिएकामा अर्खौलेमा भने महिलाका लागि आधारभुत कम्यूटर तालिम सञ्चालन गरिएको हो ।

            हाल सबैका लागि अनिवार्य बनिसकेको आधारभुत कम्यूटर तालिम शनिबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले उद्घाटन गरेका छन् । कम्यूटर सम्वन्धी महिलाको क्षमता र दक्षता अभिबृद्धिका लागि आयोजित तालिममा वडाका ७० महिलाको सहभागीता रहेको छ ।

            महिलाका लागि विनियोजित चार लाखमध्ये दुई लाखमा चार वटा कम्यूटर र एक थान ल्यापटप खरिद गरेर तालिम सुरु गरिएको हो । ‘एक वडा एक सहकारी’ स्थापनाको अभियान थालिएको नगरपालिकामा सहकारी स्थापनापछि कम्यूटर चलाउनु पर्ने भएकाले पनि कम्यूटर तालिम फलदायी हुने अपेक्षा गरिएको नगरपालिकाका उपप्रमुख राईले बताईन् । ‘महिलालाई सँधै सिलाई कटाई जस्ता तालिम दिने गरिएको छ । तर नयाँ–नयाँ टेक्नोजोलीका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्यूटर तालिम दिन थालिएको हो,’ नगरप्रमुख राईले भनिन्, ‘केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनकाक्रममा पनि कम्यूटर सम्वन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
            नगरपालिकाको आईटी शाखाले कम्प्यूटर तालिममा प्रशिक्षणको व्यवस्था मिलाएको छ । सहभागी धेरै जना भएकाले एक सिफ्टमा १० जनालाई मात्र राखेर तालिम सञ्चालन सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार