Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम

    वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम


    • आइतवार, आषाढ १४ २०७७

    • नेपाल वाइड


    वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम

          वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । मुलुकका विभिन्न भू–भागमा लगतारको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको हो ।

         मनसुन सक्रिय भएसँगै भइरहेको भीषण वर्षाले तराईका कतिपय भू–भागमा डुबान सुरू भएको छ भने यातायात समेत प्रभावित भएका छन् । स–सना खोलाखोल्सीमा पनि बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबानको खतरामा परेका छन् । वर्षा नरोकिएपछि समथर भू–भागका बस्तीमा डुबानको खतराले सर्वसाधारण चिन्तित भएका छन् ।

         जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मुलुकका विभिन्न भू–भागमा ९० मिलिलिटरसम्म वर्षा भएको छ । निरन्तरको वर्षा नरोकिएपछि बाढी पूर्वानुमान महाशाखाले विभिन्न ४४ जिल्ला तथा आसपासको क्षेत्रमा बाढी तथा डुबानको पूर्वानुमान गरेको हो ।

        महाशाखाले बिहान ७ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ का सबै ८ जिल्ला, सिन्धुली, मकवानपुर, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, चितवन तनहुँ, कास्की र लमजुङमा बाढीको सम्भावना छ । यस्तै नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, डोटी र आसपास जिल्ला बहने केही स–साना खोलाहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

    सम्बन्धित समाचार