Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खतराको संकेत रातो बत्ती बालियो

    सप्तकोसी नदीमा उच्च पानीको बहाव

    सप्तकोसी नदीमा उच्च पानीको बहाव


    • शुक्रवार, आषाढ १२ २०७७

    • नेपाल वाइड


    सप्तकोसी नदीमा उच्च पानीको बहाव

         सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ । विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार अपरान्ह ४ बजेको मापन अनुसार एक लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ ।

         पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । पानीको वहाब बढीरहेकाले गर्दा कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २७ वटा ढोका खुल्ला राखिएको छ । पानी वहाव बढीरहे आवश्यकता अनुसार थप ढोका खुल्ला गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । यहाँको प्राविधिक जिम्मेवारी भारतीय पक्षको जिम्मेवारीमाा हुने गर्छ ।

         अहिलेसम्म पानीको वहाव बढेपनि कुनै समस्या नआएको बताईएको छ । कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ ।

         यस्तो खतराको संकेत गर्दा एक लाख ५० हजार पानीको वहाब कट्नेवित्तिकै अटोमेटिक पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । दुई लाख काटनेवितिकै पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ ।

          पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । यी तीनवटै वत्ती पानीको वहाव बढे अनुसार अटोमेटिक नै बाल्ने नियम छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ । कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक छ ।

    सम्बन्धित समाचार