शुक्रवार, आषाढ १२ २०७७
नेपाल वाइड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पाँचौं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।
वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य यसअघि नै राखिसकेका छन् । स्थायी कमिटीका बाँकी सदस्यहरुले आफनो धारणा राख्नेछन ।
नेकपा स्थायी कमिटीमा आमन्त्रितसहित ५१ सदस्य छन् । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयलाई एजेन्डाका रुपमा राखिएको छ ।
पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ ।