Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गर्मीमा उखुको जुस

    गर्मीमा उखुको जुस


    • शुक्रवार, आषाढ १२ २०७७

    • नेपाल वाइड


    गर्मीमा उखुको जुस

    गर्मी मौसममा शरीरमा पानीको मात्रा परिपूर्ति गर्न तरल पदार्थको बढी सेवन गर्नु आवश्यक छ । गर्मी समयमा अधिकांश मानिसहरू फलफुलको जुस बढी सेवन गर्ने गर्छन् । जुन अत्यन्तै राम्रो कुरा हो । गर्मी मौसममा जुसको सेवनले शितलता महसुस गराउँछ ।

    त्यस्तै गर्मी मौसममा उखुको जुस पिउँदा पनि शरीरलाई निकै फाइदा मिल्छ । यो एक स्वादिष्ट र मिठो पेय पदार्थ पनि हो ।

    यस्ता छन् यसका ५ फाइदाहरुः
    १. उखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइन्छ । जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फुर्तिलो बनाउँछ ।
    २. यसको सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।
    ३. यसको सेवनले पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
    ४. उखुको रसमा प्रशस्त हुने ग्लुकोजले शरीरलाई शक्ति तथा ऊर्जा प्रदान गर्नमा मद्दत गर्छ ।
    ५. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

    u.jpg

    सम्बन्धित समाचार