Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन

    प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन


    • शुक्रवार, आषाढ १२ २०७७

    • नेपाल वाइड


    प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन

           खोटाङका प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । जहानीय राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सेराका राईको स्मृतिमा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो ।

             देश र प्रजातन्त्रका लागि निरन्तर संघर्ष गरेर जीवन समर्पण गरेका राईको योगदानलाई स्मरण गर्दै नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा उनको स्थान एबं गौरवशाली इतिहासलाई ताजा राख्ने उद्धेश्यका साथ प्रदेशसभा सांसद उषाकला राईको अध्यक्षतामा ११ सदस्यीय सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो ।

           प्रतिष्ठानलाई असार ८ गते जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंमा दर्ता गरिएको स्मृति प्रतिष्ठानकी अध्यक्ष एबं प्रदेशसभा सांसद राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी छन् । प्रतिष्ठानको उपाध्यक्षमा केशव राई, सचिवमा जमानसेर राई र कोषाध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् । सदस्यमा पुर्वकानूनमन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, पुर्वजिविस सभापति बिष्णुकुमार राई लगायत छन् ।

          नेपालको प्रजातान्त्रिक एबं लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एबं पुर्वी नेपालकै बृहत साँस्कृतिक संग्रहालय निर्माण गर्ने लगायतका प्रतिष्ठानको उद्धेश्य प्राप्ती लागि प्रतिष्ठानकै उपाध्यक्ष केशव राईले आफ्नो अंशको ११ रोपनी ७ आनाभन्दा बढि जग्गा प्रतिष्ठानलाई दान गरेका छन् ।

          विक्रम संवत १९७२ साल भदौ ५ गते जन्मिएका राईले २००७ सालको प्रजातान्त्रिक आन्दोलनकाक्रममा जहानीय राणा शासन अन्त्याका लागि जनमुक्ती सेनाको कमाण्डर भइ पुर्वको किल्ला जित्दै चरिकोटसम्म कव्जा गरी राणा शासन अन्त्या गर्नमा महत्वपूर्ण योगदान दिएका थिए ।

        यस्तै २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर निरंकुस पञ्चायती व्यवस्था लादेपछि राजाको सो कदम बिरुद्ध राईकै नेतृत्वमा २०१८ साल कात्तिकमा पहिलोपल्ट शसस्त्र बिद्रोह गरी दिक्तेल कव्जा गर्दै ऐसेलुखर्क कव्जा गर्ने प्रयास गरिएको थियो । शसस्त्र विद्रोह असफल भएपछि र तत्कालिन शासकले टाउकोको मूल्या तोकेपछि सर्वधनले भारतमा ८ वर्ष निर्वासन जीवन विताएका थिए ।

          सर्वधनले खाल्लेमा ५५ झ्याले घर बनाएको र तत्कालिन शासकले केही झ्याल भत्काउन लगाएको स्थानीय बताउँछन् । यस्तै, खोटाङबजारमा रहेको सदरमुकामलाई उनकै नेतृत्वमा दिक्तेलमा सारिएको थियो । उनै योद्धाको स्मृतिमा बृहत साँस्कृतिक संग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट ३० लाख बजेट विनियोजन भएको स्मृति प्रतिष्ठानकी अध्यक्ष एबं प्रदेशसभा सांसद राईले बताईन् ।

          प्रतिष्ठानकी अध्यक्ष एबं प्रदेशसभा सांसद राई र पुर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य तामाङ सर्वधनका नातिनी/नातिनी ज्वाई तथा केशव छोरा हुन् ।

    सम्बन्धित समाचार