Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल/चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या आए वार्ताद्वारा समाधान गर्ने

    नेपाल/चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या आए वार्ताद्वारा समाधान गर्ने


    • बिहिवार, आषाढ ११ २०७७

    • नेपाल वाइड


    नेपाल/चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या आए वार्ताद्वारा समाधान गर्ने

          परराष्ट्र मन्त्रालयले नेपाल/चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या आए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ । संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त कुरा बताएको हो ।

          कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । परराष्ट्र मन्त्रालयले सीमा विवादका बारेमा ५ अक्टुबर १९६१ मा समाधान भएको बताएको छ ।

         नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै फिर्ता ल्याउन मागसहित बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्तावसमेत दर्ता गराएका थिए ।

    सम्बन्धित समाचार