बिहिवार, आषाढ ११ २०७७
नेपाल वाइड
प्रदेश १ सरकारले सांसदले सदनमा उठाएको सवालमा चासो नदिएको भन्दै नेकपाकी सांसद कला घलेले आज शून्य समयमा दुवै कान थुनेर बोलेकी छन् । प्रदेश १ को सरकार ‘कामकाजी हौं कि नामकाजी हौं’ प्रष्ट हुनुपर्छ भन्दै उनले सरकारद्वारा सांसदले उठाएको सवाल नसुन्ने गरिएको र आफूले कान थुनेर समस्या राखेको स्पष्ट गरिन् ।
सांसद घलेले उदयपुरको महाभारत एकीकृत पर्यटन पार्क निर्माण भएको तर निर्माण समितिले प्रदेशको पर्यटन मन्त्रालयमा फाइल पेस गरे पनि कुनै सुनुवाइ नभएको बताइन् । ताप्ली गाउँपालिकाको वडा नम्बर २ लेखगाउँ धारापानीमा केहीअघि आएको हावापानीले किसानले लगाएको अन्नवाली नष्ट भएको र विवरण लेखी कृषि ज्ञान केन्दमार्फत् पठाएको तर प्रक्रिया नथालिएको बताउनुभयो ।
कांग्रेसका सांसद लोकप्रसाद संग्रौलालाले प्रवृत्तिको विषयमा प्रमुख भएको बताउनुभयो । कांग्रेसका सांसद हिमाल कार्की रुकुमको घटनालाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका अधिकारकर्मीमाथिको हस्तक्षेप र प्रहरीले गरेको कुटपिट निन्दनीय भएको बताउनुभयो । भने, ‘रुकुम घटना सिंगो मानव समुदायिमाथिको कलंक हो ।’ उनले भने, ‘पञ्चायतदेखि अहिलेसम्म संस्कार बदलिएन । मन्त्रीको क्षेत्रमा कति बजेट विनियोजन भयो ? त्यसको छुट्टै लिस्ट उपलब्ध गराउनु पर्छ ।’ नेकपाका सांसद उत्तमकुमार बस्नेतले अप्टिकल फाइवर बिच्छाउने क्रममा पहाडी क्षेत्रमा माटो खन्दा पहिरोको जोखिम भएको बताउनुभयो ।