Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिए


    • मंगलवार, आषाढ ९ २०७७

    • नेपाल वाइड


    नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिए

            नेपालमा कोरोना भाइरसका ५ सय ३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएका हुन् ।

          हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६ सय ७१ जना थपिएका थिए । शुक्रबार ४ सय २६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३ सय ३१ संक्रमित थपिएका थिए ।

         आइतबार ४ सय २१ र सोमबार ५ सय ३५ कोरोना संक्रमित थपिएका थिए । देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार २२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् ।

          जसमा ८ महिला र ६८ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

        देशभरका विभिन्न क्वारेन्टिनमा ८५ हजार ८१३ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु रहेका छन् ।

    सम्बन्धित समाचार