मंगलवार, आषाढ ९ २०७७
नेपाल वाइड
स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि खोटाङकी एक सुत्केरी महिलालाई हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको छ । केपिलासगढी गाउँपालिका वडा नम्बर –२ खार्तम्छाकी १९ वर्षीया मन्दिरा विकलाई हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको हो ।
सोमबार साँझ जिल्ला अस्पतालमा ल्याइएकी मन्दिराको पेटभित्रै बच्चाको मृत्यु भई अत्याधिक रत्तश्राव हुदाँ सुत्केरी विकको स्वास्थ्य थप गम्भिर बनेको अस्पतालका डा. नारयण बरालले बताउनुभयो । १२ ग्राम रगतको मात्रा हुनुपर्नेमा मन्दिराको शरिरमा ४ दशमलव ५ ग्राम मात्र रगत भएका र पेटभित्रै बच्चाको मृत्यु भएको कारण अवस्था जटिल भएपछि काठमाडौं पठाइएको डा. नारायण बरालले जानकारी दिनुभयो ।
डा.बरालले भने, ‘प्लासेन्टा प्रिभिया’ बच्चा जन्मने ठाउँमा पनि समस्या रहेको र बच्चाको पनि मृत्यु भइसकेकाले यहाँ अप्रेसन गर्न ‘आसीयू कियर’ आवश्यक भएको तर यहिँको अस्पतालमा अप्रेसन गर्दा जोखिम हुने भएका कारण तत्काल रेफर गरेका हौं ।’ महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलीकोप्टर व्यस्त भएपछि काठमाडौंस्थित ग्राण्डि अस्पतालसँग सहकार्य गरि ग्राण्डी अस्पतालको हेलीकोप्टरमार्फत मन्दिरालाई उद्धार गरिएको बताइएको छ । प्रसुति गृह थापाथलीमा उपचार सुरु भएको छ ।
मौषम खरावी कारण स्थानिय हेलीप्याडमा हेलीकप्टर अवतरण गर्न नसकेपछि पञ्चमाबीको प्राङ्गगणबाट सुत्केरी महिलाको उद्धार गरिएको थियो ।