Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    २३ जनाको मृत्यु

    नेपालमा ९ हजार २६ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि, विगत २४ घण्टामा थप ४ सय २१ थपिए

    नेपालमा ९ हजार २६ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि, विगत २४ घण्टामा थप ४ सय २१ थपिए


    • आइतवार, आषाढ ७ २०७७

    • नेपाल वाइड


    नेपालमा ९ हजार २६ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि, विगत २४ घण्टामा थप ४ सय २१ थपिए

            नेपालमा विगत २४ घण्टामा थप ४ सय २१ जनामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका संक्रमितको कुल सख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

           संक्रमित मध्ये १ हजार ७ सय ७२ जना निको भई घर फर्केका छन भने २३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टा भित्रमा जम्मा १ सय ९४ जना भाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा गत असार ४ गते सर्वाधिक ६ सय ४१ जनामा कोरोनाभाइरस संक्रमण फेला परेको थियो ।

            अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सख्यामा कोभिड–१९ संक्रमण भएका व्यक्ति भेटिएका छन । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । यससँगै कोरोनाभाइरस परीक्षणको संख्या १ लाख ७५ हजार १ सय ७३ पुगेको छ । अहिलेसम्म ७५ वटा जिल्लामा कोभिड–१९ को संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

             अहिले देशभरि ९४ हजार ९ सय २८ जना क्वारन्टीनमा छन । तीमध्ये अधिकांश भारतबाट फर्किएका रहेका छन ।
    सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सख्यामा मानिसहरू क्वारन्टीनमा छन । सक्रमितहरूमध्ये ६४ महिला र २ सय ५७ जना पुरुष भएको मन्त्रालयले जनाएको छ ।

             अर्घाखाँची, डडेलधुरा, डोटी, कैलाली, कपिलवस्तुका, नवलपरासी पश्चिम, प्युठान, सिराहा र बागलुङ जिल्लामा सर्वाधिक सक्रमित फेला परेका हुन । अहिलेसम्म पुष्टि भएका जम्मा संक्रमित मध्ये झन्डै ९० प्रतिशत ८ हजार २ सय ६ पुरुष र बाँकी ८ सय २० जना महिला छन् । अहिले छ दिनदेखि ८ दिनमा सक्रमितको सख्या दोबर हुने क्रम चलेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार