शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली नागरिकसँग विवाह गरी आउने महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिइने निर्णय गरेको छ । सत्तारुढ दल नेपाल कम्न्युनिष्ट पार्टीको शनिबार बसेको सचिवालय बैठकले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको हो ।
त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न का लागि स्थायी आवासीय अनुमतिपत्र दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । वहाँले भने ‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानका विषयमा बैठकमा छलफल भएको हो ।
महिला ७ वर्षदशभित्र बसको पुष्टि भएपछि आफ्नो विदेशमा नागरिकता वा अन्य त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्यागका लागि कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न उपयुक्त हुने निष्कर्ष छ ।’
सचिवालय बैठकमा विदेशी ज्वाइँलाईसमेत अंगीकृत नागरिकता दिने विषयमा बहस भए पनि ज्वाइँलाई अंगीकृत नागरिकता दिन नसक्ने निष्कर्ष निकालेको श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपाले निर्णय गरेसँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा छिट्टै निर्णय गर्ने भएको छ । यसअघि समितिले सबै पक्षबीच सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको थियो । अंगीकृत नागरिकता प्राप्त गरेकी सरिता गिरीले सदनमा नेपालको सार्वभौमिकताविरुद्ध बोलेपछि नेकपा अध्यक्ष प्रचण्डले समिति सभापति शशी श्रेष्ठलाई बोलाएर ७ वर्षको प्रावधान राखेर तत्काल विधेयक टुंगो लगाउन आग्रह गरेका थिए ।
त्यस लगत्तै छलफल नै ठप्प भएको विधेयक एकाएक अगाडि बढेको छ । नागरिकता प्राप्त नगर्दासम्म सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकारसहितको आवासिय परिचयपत्र विवाह भएको दिनबाट नै दिइने नेकपाले निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेससहित मधेशवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाह गरेलगत्तै अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् ।