शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
खोटाङका कांग्रेस नेता एबं दलित समुदायका अगुवा हिराबहादुर बिश्वकर्माको निधन भएको छ । मष्तिष्कघातका कारण कांग्रेसका पुर्व जिल्ला सदस्य एबं नेपाल दलित संघका जिल्ला अध्यक्ष बिश्वकर्माको ५८ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।
गत जेठ ३२ गते सामान्य टाउको दुख्न थालेपछि बिरामी परेका बिश्वकर्मालाई उपचारका लागि केएमसि अस्पताल काठमाण्डौं लगिए पनि स्वास्थ्यमा सुधार नआएको आफन्तले बताएका छन् ।
स्वास्थ्यमा सुधार नआएपछि अस्पतालबाट असार ४ गते घर ल्याइएका बिश्वकर्माको शुक्रबार राती ७.४५ बजे हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित आफ्नै घरमा निधन भएको हो ।
बिश्वकर्माको शनिबार दाहसंस्कार गरिएको बडहरेका वडाध्यक्ष एबं कांग्रेस नेता किशोर बस्नेतले बताए । दाहसंस्कार अगाडि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, कांग्रेसका नगर सभापति चक्रकुमार राई लगायतले बिश्वकर्माको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्याक्त गरेका थिए ।
२०१९ साल मंसिर २७ गते जन्मिएका बिश्वकर्मा नेपाल दलित संघका पुर्वकेन्द्रीय सदस्य पनि हुन् । उनका श्रीमति सहित चार छोरी र चार छोरा छन् ।