Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतीय सेना आफनो नियन्त्रण छैन: चिनियाँ विदेश मन्त्रालय

    भारतीय सेना आफनो नियन्त्रण छैन: चिनियाँ विदेश मन्त्रालय


    • शुक्रवार, आषाढ ५ २०७७

    • नेपाल वाइड


    भारतीय सेना आफनो नियन्त्रण छैन: चिनियाँ विदेश मन्त्रालय

    चिनियाँ विदेश मन्त्रालयले भारतीय सेना आफनो नियन्त्रण नरहेको बताएको छ । पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भने, चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा लिएको छैन । बिहीबार नै भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कुनै भारतीय सेना बेपत्ता नभएको स्पष्ट गरेको थियो ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले साप्ताहिक ब्रिफिङका क्रममा गलवान उपत्यकामा भारतीय सैनिकहरु बेपत्ता नभएको बताएका थिए । साथै भारतीय सेनाले समेत सबै भारतीय सैनिक सम्पर्कमा रहेको स्पष्ट गरेको छ ।

    चिनियाँ र भारतीय सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।लद्दाख क्षेत्रको सीमारेखालाई लिएर भएको द्विपक्षीय सम्झौतालाई दुबै पक्षले सम्मान गरेको अवस्थामा यस्तो दुर्घटना नहुने भारतीय पक्षको भनाइ छ ।

    सम्बन्धित समाचार