Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको लफ्याङमा आयुर्वेद केन्द्र गाउँघर क्लिनिक सञ्चालन

    खोटाङको लफ्याङमा आयुर्वेद केन्द्र गाउँघर क्लिनिक सञ्चालन


    • शुक्रवार, आषाढ ५ २०७७

    • नेपाल वाइड


    खोटाङको लफ्याङमा आयुर्वेद केन्द्र गाउँघर क्लिनिक सञ्चालन

               जिल्ला आयुर्वेद केन्द्र खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा गाउँघर क्लिनिक सञ्चालन गरेको छ । आयुर्वेद केन्द्रले वडा कार्यालय र स्वास्थ्यचौकी लफ्याङको सहकार्यमा बिहिबार आयुर्वेद सम्वन्धी एक दिने गाउँघर क्लिनिक सञ्चालन गरेको हो । गाउँघर क्लिनिकमा ९० स्थानीयको स्वास्थ्य जाँच गर्नुका साथै आयुर्वेद सम्वन्धी औषधि प्रदान गरिएको जिल्ला आयुर्वेद केन्द्रले जनाएको छ ।

               गाउँघर क्लिनिक जिल्ला समन्वय समितिका प्रमुख एबं जिल्ला आयुर्वेद केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङले उद्घाटन गर्नुभएको थियो । गाउँघर क्लिनिककै अवशरमा आयुर्वेद केन्द्रले नसर्ने रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

               आयुर्वेदका डाक्टर अजय झाले गाउँघर क्लिनिकमा सेवा लिन आएका स्थानीयको स्वास्थ्य परिक्षण गरेका थिए । यस्तै, नसर्ने रोगको विषयमा एचए सन्तोष बजिमयले जानकारी गराएका थिए ।

                वडाध्यक्ष निर्मल राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ शालिग्राम शर्मा पौडेल, डिएसपी नारायण चिमोरिया लगायतको उपस्थिति रहेको थियो ।

                बिश्व योग दिवसको अवशरमा आगामी जेठ ७ गते दिक्तेलमा योग शिबिर सञ्चालन गर्ने तयारी गरिएको जिल्ला आयुर्वेद केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

     

    सम्बन्धित समाचार