शुक्रवार, आषाढ ५ २०७७
नेपाल वाइड
कोरोना भाइरस एकै दिनमा विश्वभर १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहानसम्ममा विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३ सय २३ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या ८५ लाख ७० हजार १७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १ सय २६ जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ भने ३६ लाख ५ हजार ३ सय ४६ जनाको उपचार भइरहेको छ । यस्तै भाईरस संक्रमित ४५ लाख ९ हजार २ सय ५५ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८५ हजार २ सय ३५ जनाको मृत्यु भएको छ । २२ लाख ६८ हजार १ सय ३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५० हजार ३७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख १० हजार १३० पुगेको छ । त्यसमध्ये ११ लाख ५१ हजार १८० जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ४५ हजार ४५५ जनाको मृत्यु भएको छ । १७ लाख ७५ हजार ३०२ जना संक्रमित भएकोमा ११ लाख १४ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ६६ हजार ९२४ जनाको मृत्यु भएको छ ।
१६ लाख २८ हजार १५६ जना संक्रमित भएकोमा ८ लाख ८६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ७ हजार ४५० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार ६७७ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २८ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५ जना संक्रमित भएकोमा ८ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।
यता नेपालमा ७ हजार ८ सय ४८ जनामा संक्रमण भएको छ । १ लाख ५५ हजार ५ सय १८ जना परिक्षण गरिएको छ । ११ सय ८६ जनाको उपचार भएको छ भने २२ जनाको ज्यान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।