Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सालनाल अड्किएकी खोटाङकी एक सुत्केरीलाई हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइयो

    सालनाल अड्किएकी खोटाङकी एक सुत्केरीलाई हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइयो


    • बिहिवार, आषाढ ४ २०७७

    • नेपाल वाइड


    सालनाल अड्किएकी खोटाङकी एक सुत्केरीलाई हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइयो

                  स्वास्थ्यमा समस्या आएपछि सिकिस्त भएकी खोटाङकी एक सुत्केरी महिलालाई हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइएको छ । बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय अनिता राईलाई बिहिबार हेलीकोप्टरमार्फत प्रशुतीगृह थापाथली पठाइएको हो ।
             

                लकडाउनकाबेला सुत्केरी भएकी तारालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनभयो ।
    सुत्केरी गराउन स्वास्थ्यचौकी खोटाङबजार पुगेकी ताराले बुधबार राती १ बजे छोरीलाई जन्म दिएकी थिईन् । तर सालनाल अड्किएपछि उनलाई उपचारमा पठाउनु परेको हो ।

    resqued maternity sutkeri by helicopter (jantedhunga) photo_khotang.jpg

        बिहानदेखि नै काठ्माण्डौं पठाउने तयारी गरिए पनि प्रतिकुल मौसमका कारण दिउँसो ३ बजे मात्र सुत्केरीलाई थप उपचारका लागि काठ्माण्डौं पठाइएको आफन्त जगत किरातीले बताए । प्रतिनिधिसभा सांसद बिशाल भट्टराई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतसँगको समन्वयमा सुत्केरीलाई थप उपचारमा पठाइएको हो ।
           

               सुत्केरी राईको स्वास्थ्यमा रक्तश्रावको समस्या समेत देखिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । बेलैमा हेलीकोप्टर ल्याउने प्रयास भए पनि वर्षा र कुहिरोका कारण सुत्केरीको उद्धारमा ढिलाइ भएको थियो ।
           

           अधिक रक्तश्राव हुँदा बिरामी परेकी ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं लगिएको थियो । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि यस अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी २३ वर्षीय रविता विक र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विकको उद्धार गरिएको थियो ।

    सम्बन्धित समाचार