Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट

    नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट


    • बिहिवार, आषाढ ४ २०७७

    • नेपाल वाइड


    नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट

             नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) पत्रकारउपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकाकाक्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई यूनियनले प्रेस लेखिएको ज्याकेट गराएको हो । राजनीतिज्ञ एवम् ईन्जिनियर धर्मराज पोखरेलको प्रायोजनमा यूनियनले ३२ हजार मूल्य बराबरको २० थान प्रेस ज्याकेट प्रदान गरेको हो ।

           बुधबार दिक्तेलस्थित होटल सगरमाथामा भएको कार्यक्रममा पोखरेलले प्रेस यूनियनका अध्यक्ष उत्तम चौंलागाईलाई ज्याकेट हस्तान्तरण गरेका थिए ।पोखरेलबाट प्राप्त भएलगत्तै प्रेस ज्याकेट जिल्लाका क्रियासिल पत्रकारलाई प्रदान गरेको नेपाल प्रेस यूनियन खोटाङका अध्यक्ष चौंलागाईले बताउनुभयाे । महामारीकाक्रममा जोखिम मोलेर काम गरिरहेका पत्रकारको मनोवल बढाउनका लागि प्रेस ज्याकेट उपलव्ध गराइएको युनियनले जनाएको छ ।

           दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल काठमाण्डौं निवासी पोखरेल कांग्रेसका जिल्ला उपसभापति समेत हुन् । पोखरेलले आगामी दिनमा पनि क्रमशः पत्रकारलाई सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् । यस्तै, प्रेस युनियन जिल्ला शाखा काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियन जिल्ला शाखालाई एक सय थान सर्जिकल मास्क, आठ थान एन ९५ मास्क, एक सय थान सर्जिकल ग्लोब्स र ५ लिटर स्यानिटाइजर उपलब्ध गराएको यूनियनका अध्यक्ष चौंलागाईले बताउनुभयाे ।

    सम्बन्धित समाचार