बुधवार, आषाढ ३ २०७७
नेपाल वाइड
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छभने एक जनाको मृत्यु भएको छ । योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका संक्रमितको संख्या ७ हजार १ सय ७७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये १ हजार १ सय ६७ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । विगत २४ घण्टामा ९ जना निको भएर अस्पतालबाट घर फर्किएका छन ।
अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड–१९ पुगेको पुष्टि भएको छ । ती मध्ये प्रदेश नं २ र ५ मा सर्वाधिक संख्या कोरोना भाईरस संक्रमणका व्यक्ति फेला परेका छन । यसैबीच नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सोमवार साँझ मृत्यु भएकी महिलाको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
विविसिमा उल्लेख भएअनुशार बाँके जिल्लाको वैजनाथ गाउँपालिका–६ की ४६ वर्षीय महिलाको दायाँ फोक्सोमा समस्या देखिएपछि गत जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो । डा. गौतमका अनुसार ती महिलामा मिर्गौलाको पनि समस्या रहेको बताए । उनको सोमवार दिउँसो कोरोनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन गरिएको बाँके स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार महिलाको मृत्यु सोमवार साँझ भएको र परीक्षणको नतिजा मङ्गलवार राति आएको हो । नेपालमा कोरोनाभाइरस संक्रमण दिनदिनै बढिरहेको छ । श्रेष्ठले मृतकको शव अस्पतालकै शवगृहमा रहेको र कोभिड–१९ निर्देशिकाबमोजिम अन्तिम संस्कार गरिने बताउनुभयो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,०३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
यससँगै कोरोनाभाइरस संक्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सख्या १ लाख ४९ हजार ५ सय ७२ पुगेको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको सख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ । अहिले देशभरि एक लाख २५ हजारभन्दा बढीव्यक्ति क्वारन्टीनमा छन । ती मध्ये अधिकांश भारतबाट फर्किएका हुन । सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमश: प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा छन ।
कुन जिल्लामा कति थपिए ?
डा गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना पुरष र सिराहाका एकजना पुररुषमा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ९ जना पुरुष र झापामा २ जना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ४ जना पुरुष, महोत्तरीका एकजना महिला र ४ जना पुरुष, बाराका एकजना महिला र ६ जना पुरुष र रौतहटका ११ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा महोत्तरीका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना महिला र८ जना पुरुष, महोत्तरीका ६ जना महिला र १ सय ८३ जना पुरुष, रौतहटका ५ जना महिला र ३४ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका ३ जना महिला, ३ जना पुरुष र प्युठानका १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २ जना महिला र २० जना पुरुष, रौतहटका ४ जना महिला र ७३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा कैलालीका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पर्वतकी एक महिला र २ जना पुरुष, नवलपरासी पूर्वका १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना महिला र २४ जना पुरुष, प्युठानका एकजना महिला र १९ जना पुरुष, रुपन्देहीका २ महिला र २ जना पुरुष, अर्घाखाँचीका १ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेकी एक महिला, बर्दियाका एक महिला र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकी एकजना महिला र ७ जना पुरुष, सल्यानका ३ जना महिला र ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २ जना पुरुष र दैलेखका २ जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका २ जना महिला र १२ जना पुरुष, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरकी एक महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।