मंगलवार, आषाढ २ २०७७
नेपाल वाइड
भारतको राजधानी दिल्लीमा कोरोनाभाइरस संक्रमितहरूका उपचारका लागि रेलेको डिब्बालाई शैयाको रुपमा प्रयोग गरिने भएको छ । क्रमितहरूको सख्या तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा भारतको राजधानी दिल्लीमा ८ हजार शैया तयार गर्न रेलका ५०० डिब्बा प्रयोग गरिने भएको हो ।
गृहमन्त्री अमित शाहले कोभिड–१९ परीक्षणमा व्यापक वृद्धि लगायत दिल्लीका लागि आपत्कालीन उपायहरूको प्याकेज घोषणा गरेका छन । हालको संकटबारे उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग छलफल गरेका थिए । भारतमा प्रतिदिन करिब १२ हजार नयाँ संक्रमण पुष्टि भइसकेका छन । भारत अहिले अमेरिका, ब्रजिल र रुसपछि संक्रमितहरूको सख्याका हिसाबले विश्वकै चौथो स्थानमा रहेको छ ।
भारतले लकडाउनका कारण रेलसेवा स्थगित गरेसँगै गत एप्रिल महिनाबाट रेलका डिब्बाहरूलाई क्वारन्टीन वा आइशोलेसन वार्ड अर्थात अलग्गै राख्ने स्थान बनाउन शुरू गरेको थियो । लकडाउनले भारतमा ठूलो आर्थिक क्षति पु¥याएको बताइन्छ । करोडौँ मानिसले रोजगारी गुमाएका छन ।